Kathmandu Press

माओवादी महाधिवेशन लम्बियो, आज प्रचण्डले जवाफ दिने

काठमाडौं, पुस १६ : नेकपा (माओवादी केन्द्र) को काठमाडौंको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशन लम्बिएको छ।पुस ११ गते शुरु भएको माओवादीको महाधिवेशन पुस...
माओवादी महाधिवेशन लम्बियो, आज प्रचण्डले जवाफ दिने

काठमाडौं, पुस १६ : नेकपा (माओवादी केन्द्र) को काठमाडौंको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशन लम्बिएको छ।

पुस ११ गते शुरु भएको माओवादीको महाधिवेशन पुस १५ गते सम्पन्न हुने तय गरिएको थियो। तर, समूहगत छलफल र त्यसको निश्कर्ष सुनाउने क्रममा दुई दिन लागेपछि महाधिवेशन लम्बिएको हो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा छलफल गरेका २५ समूहले बिहीबार निश्कर्ष सुनाएका छन्। उनीहरुले दिएको सुझाव समेट्दै अध्यक्ष प्रचण्डले आज सम्बोधन गर्नेछन्।

यससँगै समूहगत छलफलका क्रममा उठेका प्रश्नको अध्यक्ष प्रचण्डले जवाफ दिनेछन्। त्यससँगै राजनीतिक प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ।

त्यसपछि मात्रै नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ। माओवादीको महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। यससँगै १५ पदाधिकारी छनोट हुनेछ।

त्यसका लागि देशभरबाट चार हजार सात सय प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको जनाएको छ।

 

प्रकाशित मिति: ०७:१४ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्