Kathmandu Press

निगमको अन्तर्राष्ट्रिय उडान भर्ने जहाज ग्राउन्डेड

काठमाडौं, पुस १६ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज ग्राउन्डेड भएको छ।अन्तर्राष्ट्रिय उडान...
निगमको अन्तर्राष्ट्रिय उडान भर्ने जहाज ग्राउन्डेड

काठमाडौं, पुस १६ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज ग्राउन्डेड भएको छ।

अन्तर्राष्ट्रिय उडान गरिरहेको जहाज प्राविधिक समस्याका कारण ग्राउन्डेड भएको हो। काठमाडौं–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ।

निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउन्डेड जहाजलाई उडान योग्य बनाउन आवश्यक प्रक्रिया अघि बढाइएको बताएकी छन्। उनका अनुसार जहाजको बायाँ इञ्जिनमा समस्या पहिचान भइसकेको र इञ्जिन उत्पादनकर्ता पीए÷आईएईसँग निगम व्यवस्थापनले परामर्श गरेको छ। इञ्जिनलाई ‘रिप्लेस’ गरी मर्मत गर्न सुझाव आएकाले जहाजलाई छिटो उडान योग्य बनाइने उनले बताइन्।

निगमको वाइडबडी जहाज ए ३३० मा काठमाडौं–नारिता उडानको तयारी गर्ने क्रममा समस्या देखिएको थियो। उक्त जहाजको समस्या भने श्रीलङ्काबाट पार्टपुर्जा भित्र्याएर निगमकै इञ्जिनीयरिङ टिमले मर्मत गरेको थियो।

तत्पश्चात उक्त जहाजले आजै काठमाडौँ–दिल्ली नियमित उडान गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई वाइड बडी र दुई न्यारो बडी जहाज छन्। यी जहाजले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएका छन्।

 

प्रकाशित मिति: ०६:४६ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्