Kathmandu Press

डा. केसीका मागप्रति प्रधानमन्त्री देउवाले जनाए ९ बुँदे प्रतिबद्धता

बिहीबार डा. केसीसँग भएको छलफलका प्रधानमन्त्री देउवाले केसीले राखेका सात बुँदे माग तत्काल सम्बोधन गर्नेका लागि ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।
डा. केसीका मागप्रति प्रधानमन्त्री देउवाले जनाए ९ बुँदे प्रतिबद्धता

काठमाडौं, पुस १५ : डा. गोविन्द केसीको माग तत्काल सम्बोधन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार डा. केसीसँग भएको छलफलका प्रधानमन्त्री देउवाले केसीले राखेका सात बुँदे माग तत्काल सम्बोधन गर्नेका लागि ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।  डा. केसीका शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्र प्रकरण र निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत अधिकारकर्मीको माग लगायतका सात बुँदामा माग राख्दै आएका छन् ।

देउवाले बीपी प्रतिष्ठानको समस्या एक दुई दिनमा सल्ट्याइ निकास दिन मन्त्रीलाई निर्देशन दिने, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन अनुसारको कानुन तर्जुमा गर्नका लागि तीव्रता दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने लगायतका माग रहेका थिए ।

देउवाले उक्त मागमा सम्बोधन गर्दै बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न भएको प्राविधिक जटिलतालाई एक दुई दिनमै सल्ट्याउन निर्देशन दिने, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर प्रकरणलाई सम्बोधन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महा अभियोगका लागि सत्ता गठबन्धनमा छलफल गर्ने लगायतका विषयमा प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएका हुन् । 

प्रकाशित मिति: २०:४० बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्