एकै परिवारका ४ जना मृत अवस्थामा भेटिए, ३ जना बेहोस
काठमाडौं, पुस १५ : नेपालगंज उपमहानगरपालिका १० स्थित भेरी अस्पतालको स्टोर कोठामा सुतेका सोही अस्पतालमा कार्यरत कार्यालय सहयोगी धन प्रसाद भट्टराई र उनका...
काठमाडौं, पुस १५ : नेपालगंज उपमहानगरपालिका १० स्थित भेरी अस्पतालको स्टोर कोठामा सुतेका सोही अस्पतालमा कार्यरत कार्यालय सहयोगी धन प्रसाद भट्टराई र उनका परिवारका अन्य ३ जना गरी ४ जना मृत अवस्थामा फेला परेका छन् ।
बिहीबार बिहान सुतेकै ठाउँमा उनका ७ जनाको परिवारमध्ये कोठामा सुतेकोमा ४ जना मृत अवस्थामा र ३ जना बेहोस अवस्थामा फेला परेका हुन् ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त कोठामा उनीहरू झ्याल बन्द गरी टिनको डिब्बामा कोइला बाली सुतेको अवस्थामा फेला पारेको थियो ।
बेहोस भएका ३ जनामध्ये २ जनाको अवस्थामा गम्भीर रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०:०० बजे, बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











