Kathmandu Press

शुक्रबार बिहान ११ बजे बस्ने गरी सकियो माओवादी स्थायी समिति बैठक 

काठमाडौं, पुस १५ : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ।बिहीबार २५ समूहको रिपोर्टिङ सकिएपछि कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समिति बैठक...
शुक्रबार बिहान ११ बजे बस्ने गरी सकियो माओवादी स्थायी समिति बैठक 

काठमाडौं, पुस १५ : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ।

बिहीबार २५ समूहको रिपोर्टिङ सकिएपछि कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समिति बैठक बसेको थियो। बैठकमा समूहगत छलफलपछि आएका सुझावहरुको सम्बोधन, केन्द्रीय सदस्यको चयन लगायका विषयमा छलफल भएको हो ।

बैठकमा समूहगत रुपमा आएका सुझावहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भएको बताईएको छ । स्थायी समितिको बैठक शुक्रबार बिहान ११ बजे पुन बस्ने छ ।  

प्रकाशित मिति: १९:२३ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्