माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदनमाथि २५ वटै समूहको रिपोर्टिङ सकियो
मंगलबार ११ समूहले सुझावसहितको निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी रहेका १४ समूहले आज प्रस्तुत गरेका हुन्।
काठमाडौं, पुस १५ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बिहीबार अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि २५ वटै समूहको रिपोर्टिङ सकिएको छ।
बन्दसत्रमा प्रचण्डल पेस गरेको प्रतिवेदनमाथि छलफल गर्नका लागि १७ सय प्रतिनिधिबाट २५ समूह गठन गरिएको थियो। मंगलबारदेखि सुरु भएको समूहगत छलफलपछि बुधबार र बिहीबार गरी दुई दिन लगाएर २५ वटै समूहले सुझाव र निष्कर्ष प्रस्तुत गरेका हुन्।
मंगलबार ११ समूहले सुझावसहितको निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी रहेका १४ समूहले आज प्रस्तुत गरेका हुन्।
आजको प्रस्तुत भएको निष्कर्षमा प्रचण्डको प्रतिवेदनबारे तीब्र आलोेचना गरिएको छ । माओवादी केन्द्रमा पनि एमालेमा जस्तै ‘बा’ प्रवृत्ती देखिएको देखि पार्टीका नेताहरुको आर्थिक पारदर्शीता हुनुपर्ने सम्मका प्रश्न गरिएको थियो । त्यस्तै एमसीसीदेखि भारतबारे पार्टीको धारणा स्पष्ट हुनुपर्नेबारे पनि नेतृत्वलाई सुझाव प्रवाह भएका छन्।
सुझाव प्रस्तुत भएलगत्तै स्थायी कमिटी बैठक पनि बसेको छ। बैठकले छलफलबाट आएको सुझावलाई कसरी समेट्ने भन्नेबारे निष्कर्ष निकाल्ने छ।











