Kathmandu Press

मुलुकभर २४१ कोरोना संक्रमित थपिए, २२८ जना संक्रमणमुक्त 

काठमाडौं, पुस १५ : देशभर पछिल्लो चौबिस घन्टामा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९७ नमूनाको...
मुलुकभर २४१ कोरोना संक्रमित थपिए, २२८ जना संक्रमणमुक्त 

काठमाडौं, पुस १५ : देशभर पछिल्लो चौबिस घन्टामा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९७ नमूनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार ६ हजार ८१४ नमूनाको पीसीआर परीक्षण गर्दा २३५ र २ हजार ८३ जनामा एन्टीजेन परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा  २२८ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। 

योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २८ हजार २०७ पुगेको छ भने एन्टीजेनतर्फ ९६ हजार १९१ पुगेको छ। त्यस्तै हालसम्म ८ लाख ११ हजार ७४६ पुगेको छ। हालसम्म ११ हजार ५९० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

हाल मुलुकभर ४ हजार ८७१ सक्रिय संक्रमित रहेका छन्। जसमध्य ४ हजार ६३४ जना होम आइसोलेसनमा छन् । त्यस्तै २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १०३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। अस्पतालमा उपचाररतमध्य ८३ जना आइसीयूमा छन् भने २३ जना भेन्टिलेटरमा छन्। 
 

प्रकाशित मिति: १६:५३ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्