Kathmandu Press

अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेशमन्त्रीबीच वार्ता

वासिङ्टन, पुस १५ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको...
अमेरिकी, फ्रान्सेली, जर्मन र बेलायतका विदेशमन्त्रीबीच वार्ता

वासिङ्टन, पुस १५ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना फ्रान्सेली, जर्मन र बेलायतका समकक्षीहरूसँग युक्रेनसँगको तनावका साथै इरानको आणविक कार्यक्रमबारे अमेरिकी चासोका सम्बन्धमा रुसको समन्वयमा टेलिफोनमा छलफल गरेका छन्।

विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले प्रेस विज्ञप्तिमार्फत एन्टोनी जे ब्लिन्केनले आज फ्रान्सेली विदेश मन्त्री जीन यवेस ले ड्रायन, जर्मन विदेशमन्त्री अन्नालेना बेरबक, र बेलायती विदेश मन्त्री एलिजाबेथ ट्रससँग कुरा गरेको बताएका छन्।

Hardik ivf

‘उनीहरूले युक्रेनविरुद्ध कुनै पनि थप रुसी आक्रमणलाई रोक्न निरन्तर समन्वयको महत्त्वबारे छलफल गरेका छन् र साथै उनीहरूले युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि आफ्नो अटल समर्थन  पनि पुनः दोहोर्‍याएका छन्।

संयुक्त राज्य अमेरिका र रुसले जनवरी १० मा हतियार नियन्त्रण र युक्रेनका विषयमा वार्ता गर्नेछन्। साथै नेटोसँग सुरक्षा ग्यारेन्टीका विषयमा वार्ता जनवरी १२ मा स्विट्जरल्याण्डको जेनेभामा हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्