Kathmandu Press

अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुने

मस्को, पुस १५ : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता हुने भएको छ।उनीहरुका बीचमा आज( बिहीबार) फोनवार्ता हुने भएको...
अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुने

मस्को, पुस १५ : अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता हुने भएको छ।

उनीहरुका बीचमा आज( बिहीबार) फोनवार्ता हुने भएको क्रेमलिनले जनाएको छ। क्रेमलिनले बुधबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उनीहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको हो।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले कुराको जानकारी दिएको छ। तर पनि उनले सो वार्तामा के कस्ता विषयमा कुराकानी हुने हो भन्ने बारेमा भने केही बताएको छैन। दुई देशका राष्ट्रपतिका बीचमा यही डिसेम्बर ७ मा पनि भिडियोमार्फत कुराकानी भएको थियो।

त्यस समयमा भने उनीहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र त्यहाँ रुसको उपस्थितिका विषयमा कुराकानी भएको बताइएको थियो। त्यस समयमा नेटोका विषयमा पनि कुराकानी भएको थियो। सो वार्तापछि रुसी राष्ट्रपति पुटिनले नेटो सुरक्षासम्बन्धी एक सम्झौता पत्र नै पठाएका थिए।

प्रकाशित मिति: १४:५७ बजे, बिहीबार, पुस १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्