प्रचण्डले जवाफ दिनुअघि पार्टी स्थायी कमिटीको बैठक बस्ने
काठमाडाैं, पुस १५ : माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी...
काठमाडाैं, पुस १५ : माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव दिन १ हजार ७ सय प्रतिनिधिबाट २५ समूह विभाजन गरिएको थियो।
समूहगत छलफलपछि बुधबार ११ समूहले आआफ्नो सुझाव र निष्कर्ष पेस गरिसकेका छन्। बाँकी रहेको १४ समूहले आज (बिहीबार) सुझाव प्रस्तुत गर्ने क्रम जारी छ।
सबै समूहले सुझाव दिइसकेपछि प्रचण्डले जवाफ दिनुअघि पार्टी स्थायी कमिटीको बैठक बस्ने भएको छ। छलफलको निष्कर्षहरु पेस भएलगतै स्थायी कमिटी बस्ने, त्यसपछि मात्र प्रचण्डले टोली नेताहरुले उठाएका प्रश्नको जवाफ दिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











