माओवादी केन्द्रको अधिवेशन : राजनीतिक प्रतिवेदनमाथि ८ बुँदे फरक मत
काठमाडौं, पुस १५ : माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव...
काठमाडौं, पुस १५ : माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव दिन १ हजार ७ सय प्रतिनिधिबाट २५ समूह विभाजन गरिएको थियो।
समूहगत छलफलपछि बुधबार ११ समूहले आआफ्नो सुझाव र निष्कर्ष पेस गरिसकेका छन्। बाँकी रहेको १४ समूहले आज ९बिहीबार० सुझाव प्रस्तुत गर्ने क्रम जारी छ।
यसैक्रममा नेता लेखनाथ न्यौपानेले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ अपूर्ण रहेको भन्दै ८ बुँदे फरक मत राखेका छन्।
नेता न्यौपानेले उपत्यका विशेष प्रदेश समितिका टोली नेता जगत सिम्खडामार्फत बन्दसत्रमा रिपोर्टिङ गराएको जनाइएको छ। समुहगत छलफलका क्रममा न्यौपानेले दस्तावेजमा आधारभूत विषयहरु अपुग रहेको, दस्तावेजले स्वरुप ग्रहण गर्न नसकेको भन्दै फरक मत राखेको बताइएको छ।











