Kathmandu Press

माओवादी केन्द्रको अधिवेशन : वरिष्ठ नेताको व्यवस्था गर्न माग

काठमाडौं, पुस १५ : माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी...
माओवादी केन्द्रको अधिवेशन : वरिष्ठ नेताको व्यवस्था गर्न माग

काठमाडौं, पुस १५ : माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव दिन १ हजार ७ सय प्रतिनिधिबाट २५ समूह विभाजन गरिएको थियो। 

समूहगत छलफलपछि बुधबार ११ समूहले आआफ्नो सुझाव र निष्कर्ष पेस गरिसकेका छन्। बाँकी रहेको १४ समूहले आज (बिहीबार) सुझाव प्रस्तुत गर्ने क्रम जारी छ।

यसैक्रममा समूह १३ का टोली नेता गोपाल शर्माले भविष्यमा हुन सक्ने पार्टी एकतालाई मध्यनजर गर्दै विधानमा वरिष्ठ नेताको पनि व्यवस्था गर्न माग गरेका छन्। 

भविष्यमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लगायतसँग पार्टी एकता हुन सक्ने सम्भावना रहेकाले विधानमा वरिष्ठ नेताको व्यवस्था गरे सहज हुने आशय शर्माले राखेको नेताहरूले बताएका छन्। 

माओवादीको विधान संशोधन प्रस्तावमा पदािधकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, उपमहासचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ। 

यस्तै नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचित प्रणालीको व्यवस्था हुनुपर्नेमा पनि शर्माले जोड दिएका छन्। संविधानको व्यवस्थाअनुसार कमिटी समानुपातिक समावेशी हुनुपर्ने पनि उनले बताए। पार्टीलाई गतिशील बनाउन प्रभावकारी योजना हुनुपर्ने उनले सुझाव दिए।

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्