Kathmandu Press

राजनीतिक प्रतिवेदनको शीर्षक बदल्न प्रचण्डलाई सुझाव

काठमाडौं, पुस १५ : माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव दिन...
राजनीतिक प्रतिवेदनको शीर्षक बदल्न प्रचण्डलाई सुझाव

काठमाडौं, पुस १५ : माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा जारी छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरी सुझाव दिन १ हजार ७ सय प्रतिनिधिबाट २५ समूह विभाजन गरिएको थियो। 

समूहगत छलफलपछि बुधबार ११ समूहले आ-आफ्नो सुझाव र निष्कर्ष पेस गरिसकेका छन्। बाँकी रहेको १४ समूहले आज (बिहीबार) सुझाव प्रस्तुत गर्ने क्रम जारी छ।

यसैक्रममा उपत्यका विशेष प्रदेश समूहले प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको शीर्षक  ‘२१औं शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’ लाई बदल्नुपर्ने सुझाव दिएको छ। 

समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेता जगत सिम्खडाले प्रतिवेदनको शीर्षक परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुने सुझाएका हुन्। 

समूहगत छलफलमा प्रचण्डपथलाई ब्युँतानुपर्ने सुझाव आएको पनि उनले बताए। कार्यकर्तालाई उत्पादनमा जोड्नुपर्ने सुझाव पनि आएको उनले जानकारी दिए।

प्रकाशित मिति: १३:३७ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्