Kathmandu Press

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, पुस १५ :  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर रु. ९२ हजार १०० तोकिएको छ। अघिल्लो दिन उक्त...
घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, पुस १५ :  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ४०० ले घटेर रु. ९२ हजार १०० तोकिएको छ। अघिल्लो दिन उक्त सुन प्रतितोला रु. ९२ हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९१ हजार ६०० कायम भएको छ। बुधबार उक्त सुन प्रतितोला रु. ९२ हजार तोकिएको थियो।
    
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १५ घटेर रु. एक हजार २४५ पुगेकोे महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १३:०४ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्