Kathmandu Press

शाहरुख र सलमान एकसाथ आउँदै

काठमाडौं, माघ १९ : बलिउड सुपरस्टार शाहरुख खान र सलमान खान लामो सयमपछि पुनः एकसाथ देखिने भएका छन् ।

उनीहरुलाई निर्देशक संजय लिला भंसालीले एउट....

शाहरुख र सलमान एकसाथ आउँदै
एजेन्सी

काठमाडौं, माघ १९ : बलिउड सुपरस्टार शाहरुख खान र सलमान खान लामो सयमपछि पुनः एकसाथ देखिने भएका छन् ।

उनीहरुलाई निर्देशक संजय लिला भंसालीले एउटै फिल्ममा ल्याउन लागेका हुन् । केही दिन पहिलो आएको खबरअनुसार, शाहरुख र सलमान भंसालीको फिल्म ‘इंशाअल्लाह’मा देखिने भएका हुन् ।

Hardik ivf

फिल्मफेयरका अनुसार, दुवै खानलाई एकसाथ अभिनय गराउँन भंसाली जुटेका छन् । उनले बनाउने फिल्मको कथा लेखिदैछ । दुवैलाई ध्यानमा राखेर कथा लेखिन लागेको समाचारमा जनाएको छ ।

उसो त दुवै खानले थुप्रै फिल्ममा सँगै काम गरेका छन् । पछिल्लो फिल्म ‘हम तुमारे हैं सनम’मा उनीहरुले एकसाथ काम गरेका थिए । यो फिल्म सन् २००२ मा आएको थियो ।

१६ वर्षपछि फेरि दुवै सुपरस्टार एउटै फिल्ममा देखिने छन् । निर्देशक भंसालीले उनीहरुसँग एक्लाएक्लै पनि काम गरिसकेका छन् । उनको नयाँ फिल्ममा खेल्द दुवै खान सहमत रहेको जनाएको छ ।

प्रकाशित मिति: १२:२१ बजे, शनिबार, माघ १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्