Kathmandu Press

चिलीमा सडक दुर्घटनामा नौजनाको मृत्यु

चिलीमा सडक दुर्घटनामा नौजनाको मृत्यु

सान्टियागो, पुस १५ : मध्य चिलीको ओहिगिन्स क्षेत्रको प्युमो सहरमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएको चिली सरकारले बुधबार जानकारी दिएको छ।

ओहिगिन्स क्षेत्रका अधिकारी रिकार्डो गुजम्यानका अनुसार ठूलो ट्रक र मजदुर बोकेको भ्यान ठोक्किदा उक्त दुर्घटना भएको हो। दुर्घटनास्थलनजिकैको रान्कागुवा अस्पतालमा सार्दा अर्का एक घाइतेको मृत्यु भएको बताइएको छ।

घटनास्थलमा पुग्दा करिब ११ जना घाइते थिए। हामीले घटनास्थलमा आठजनाको मृत्यु भएको र तीनजनाको अवस्था गम्भीर रहेको प्युमो फायर ब्रिगेडका कप्तान लुइस मालडोनाडोले जानकारी दिएका छन्।

चिलीको श्रम निर्देशनालयले घटनाको छानबिन गर्ने जानकारी दिएको छ।

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, पुस १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्