Kathmandu Press

बेलायतमा एकै दिन थपिए कोरोनाका १ लाख ८३ हजारभन्दा बढी सङ्क्रमित

लन्डन, पुस १५ : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि...
बेलायतमा एकै दिन थपिए कोरोनाका १ लाख ८३ हजारभन्दा बढी सङ्क्रमित
Hardik ivf

लन्डन, पुस १५ : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।
 
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यतिधेरै सङ्क्रमितहरु भेटिएको यो पहिलो घटना हो। यसअघि पनि यहाँ सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा यो सङ्क्रमण भेटिएको बताइएको थियो।

त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार यहाँ  कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ । यसअघि सोमबार मात्र यहाँ यो सङ्क्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो।
 
यसरी मंगलबार यहाँ मृत्यु हुनेको संख्या पनि बढेको पाइएको हो। यहाँ अहिलेसम्ममा १ करोड २५ लाख भन्दा बढी सङ्क्रमित पाइएका छन्। त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले यहाँ अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको बताएका छन्।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको सङ्क्रमण पनि बढ्दै गएको छ। जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ ।पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने सङ्क्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ।

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्