Kathmandu Press

र्‍यापर लाउरे पोखराबाट पक्राउ

जिल्ला अदालत कास्कीबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाउने तयारीमा प्रहरी रहेपनि आज सार्वजनिक बिदा भएका कारण सम्भव नभएको र म्याद थपका लागि भोलिमात्रै अदालत लगिने डिएसपी तिवारीले जानकारी दिए।
र्‍यापर लाउरे पोखराबाट पक्राउ

काठमाडौं, पुस १५ : चर्चित र्‍यापर आशिष राना उर्फ लाउरे पक्राउ परेका छन्। 

उनी बुधबार साँझ पोखराबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीका अनुसार पोखराको गएराति करिब १२ बजेको समयमा पोखराको जाल्पा रोडस्थित एक होटलको  कोठाबाट ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

उनीसँगै एक युवति पनि पक्राउ परकी छन् । उनीहरुको साथबाट करिब १३ ग्राम ब्राउनसुगर फेलापरेको प्रहरीले डिएसपी तिवारीले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

जिल्ला अदालत कास्कीबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाउने तयारीमा प्रहरी रहेपनि आज सार्वजनिक बिदा भएका कारण सम्भव नभएको र म्याद थपका लागि भोलिमात्रै अदालत लगिने डिएसपी तिवारीले जानकारी दिए।

प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्