Kathmandu Press

भेरी अस्पतालको क्वाटरमा तीन महिने शिशुसहित एकै परिवारका चारजना मृत फेला 

उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
भेरी अस्पतालको क्वाटरमा तीन महिने शिशुसहित एकै परिवारका चारजना मृत फेला 

काठमाडौं, पुस १५ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा चार जना मेत फेला परेका छन्। अस्पतालका कार्यालय सहयोगी समेत रहेका भट्टराई र उनका परिवारका थप तीन सदस्य बिहीबार बिहान मृत फेला परेका हुन्। 

सातजनाको परिवार अस्पताल परिसरमै रहेको क्वाटरको एक कोठामा सुतेका थिए।  बिहान अबेरसम्म ढोका नखुलेपछि प्रहरी पुगेर ढोका खोल्दा सबैजना बेहोस अवस्थामा फेला परेका हुन्। 

बेहोस भेटिएका सबै जनालाई अस्पताल पुर्याइए पनि धनप्रसाद, उनकी आमा कोपिला भट्टराई, दिदी नन्दकली र उनका तीन महिनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ। 

धनप्रसादकी श्रीमती सुशीला,  तीन वर्षीय छोरा विवश  र भाई नरेन्द्र भट्टराईको भने उपचार भइरहेको छ। शुशिला होशमा आइनि विवश र नरेन्द्रको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। 

उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । यद्यपि मृत्युको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने बताइएको छ। 

प्रकाशित मिति: १०:३१ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्