Kathmandu Press

आज पनि पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस १५ : आज पनि पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।पश्चिमी वायुको प्रभावले आज पनि वर्षाको सम्भावना रहेको जल...
आज पनि पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, पुस १५ : आज पनि पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावले आज पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यससँगै पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने विभागको आकलन छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा भनिएको छ, ‘देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, आज राति पनि देशका अधिकांश भूभागमा आंशिक बदली रहने महाशाखाले आकलन छ।

महाशाखाका अनुसार, प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

 

प्रकाशित मिति: ०७:५१ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्