Kathmandu Press

तेल बाेकेकाे ट्याङ्कर त्रिशूली नदीमा खस्यो

तेल बाेकेकाे ट्याङ्कर त्रिशूली नदीमा खस्यो

चितवन, पुस १४ : नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट ट्याङ्कर त्रिशूलीमा खसेको छ। खाने तेल बोकेको ट्याङ्कर आज साँझ त्रिशूलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलेबाट त्रिशूलीमा खसेको हो। ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए। ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ। घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए।

प्रकाशित मिति: २१:१२ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्