Kathmandu Press

दक्षिण कोरियामा जन्म दर निरन्तर कम हुँदै

सोल, पुस १४ : दक्षिण कोरियामा जन्म दरमानिरन्तर कमी आएको देखिएको छ। अक्टोबरसम्मको हालै सार्वजनिक तथ्याङ्क अनुसार जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण...
दक्षिण कोरियामा जन्म दर निरन्तर कम हुँदै

सोल, पुस १४ : दक्षिण कोरियामा जन्म दरमानिरन्तर कमी आएको देखिएको छ। अक्टोबरसम्मको हालै सार्वजनिक तथ्याङ्क अनुसार जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता कायमै रहयाे।

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो र यो एक वर्ष पहिलेको भन्दा ५.२ प्रतिशतले कमी हो।

Hardik ivf

सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो।

दक्षिण कोरियामा सन् २०१५ को डिसेम्बरदेखि ७१ महिनादेखि नवजात शिशुको सङ्ख्यामा कमी आएको छ। यहाँ विवाहमा ढिलासुस्ती हुने सामाजिक अभ्यासका कारण बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ।

बर्षभरी विवाहको सङ्ख्या ७.७ प्रतिशतले घटेको छ भने अक्टोबरमा १५ हजार २०३ जोडीको मात्र विवाह भएको सरकारी तथ्याङ्क छ। यो अक्टोबर महिनामा अझै बढी कम थियो।

उल्लेखित महिनामा सम्बन्धविच्छेद गर्नेको संख्या १७.६ प्रतिशतले घटेर सात हजार ७०३ पुग्यो। यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २१६ रहेको थियो, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले कमी हो।

सन् २०२१ को १० महिनाको अवधिमा विवाह गर्नेको सङ्ख्यामा १०.१ प्रतिशतले कम भएर एक लाख ५५ हजार ६६० पुगेको छ।

प्रकाशित मिति: २०:३० बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्