Kathmandu Press

तिब्बतमा सन् २०२१ को ११ महिनामा पर्यटन गतिविधि उच्च

तिब्बतमा सन् २०२१ को ११ महिनामा पर्यटन गतिविधि उच्च

ल्हासा, पुस १४ : चीनको स्वशासित क्षेत्र तिब्बतमा सन् २०२१ मा पर्यटकीय गतिविधिमा आशातित वृद्धि भएको छ।

दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रले यस वर्षको पहिलो ११ महिनामा घरेलु तथा विदेशी पर्यटक गरी कूल चार करोड ४३ लाख पर्यटकलाई सेवा दिएको स्थानीय अधिकारीहरूले बुधबार बताए।

क्षेत्रीय पर्यटन विभागका अनुसार यस क्षेत्रको पर्यटन आय एक वर्ष पहिलेको भन्दा २२.४ प्रतिशतले बढेर ४३ अर्ब ८५ करोड यूआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) भएको बताइएको छ।

पर्यटनमा तीव्र वृद्धि हुनुलाई आंशिकरूपमा यस क्षेत्रमा कोभिड–१९ नियन्त्रणमा मिलेको प्रभावकारीतालाई स्थानीयले लिने गरेका छन्। स्थानीय स्वास्थ्य आयोगका अनुसार मंगलबारसम्ममा तिब्बतले लगातार झन्डै ७०० दिनसम्म कुनै नयाँ पुष्टि वा संदिग्ध घटनाहरू देखिएका छैनन्।

यस क्षेत्रको पर्यटन वृद्धिलाई प्रेरित गर्न तिब्बतको हिउँदे पर्यटनका लागि प्राथमिक नीतिहरू पनि लागू गरिएको छ। यसमा अक्टोबर महिनाको मध्यदेखि वर्षको अन्तसम्म धेरै पर्यटकहरूको आकर्षणमा होटलको मूल्य र निःशुल्क प्रवेश दर पनि समावेश छ।

प्रकाशित मिति: २०:२७ बजे, बुधबार, पुस १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्