सिभिल ग्रुपका अध्यक्ष तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं, पुस १४ : जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको...
काठमाडौं, पुस १४ : जिल्ला अदालत काठमाडौंले संगठित ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुधबार थुनछेक बहसपछि अदालतले उक्त आदेश दिएको हो।
सिभिल सहकारीको रकम अपचलन गरेको तथा निक्षेपकर्ताको रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले लामो अनुसन्धान गरी जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराध कसुरमा मुद्दा दायर गरेको थियो ।
सिभिल सहकारी ठगी प्रकरणमा पक्राउ परेका तामाङ नेकपा (एमाले) का पूर्वसांसद समेत हुन्। सिआइबीले सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रकाशित मिति: १९:२८ बजे, बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











