Kathmandu Press

रकम हिनामिना गरेकाे आरोपमा सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ

काठमाडाैं, पुस १४  : सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) लाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बेलुका प्रहरीले सीईओ नविन सुवेदीलाई पक्राउ गरेकाे...
रकम हिनामिना गरेकाे आरोपमा सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ

काठमाडाैं, पुस १४  : सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) लाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बेलुका प्रहरीले सीईओ नविन सुवेदीलाई पक्राउ गरेकाे हाे।

बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई विराटनगरबाट पक्राउ गरेको हो।

बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो।

रकम हिनामिनामा गरेकाे अाराेपमा यसअधि प्रहरीले बैकका कर्मचारी हिमाल भट्टराईलाई पनि पक्राउ गरेको थियो।  १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ।

प्रकाशित मिति: १९:१६ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्