उपाधि विजेता महिला भलिबल खेलाडीलाई जनही पाँच लाख दिने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, पुस १४ : सरकारले एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली महिला टोलीका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय...
काठमाडौं, पुस १४ : सरकारले एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली महिला टोलीका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। नेपालले मंगलबार बंगलादेशको ढाकामा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै दोस्रोपटक उपाधि रक्षा गर्न सफल भएको थियो।
प्रकाशित मिति: १९:०४ बजे, बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











