बिहीबार सार्वजनिक बिदा
काठमाडौं, पुस १४ ः नेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार...
काठमाडौं, पुस १४ ः नेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालय द्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ।
तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ।
प्रकाशित मिति: १८:३१ बजे, बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











