Kathmandu Press

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा पन्त

मकवानपुर, पुस १३ : बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णराज पन्त नियुक्त भएका छन्। बागमती प्रदेश सरकारको गत पुस ९...
बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा पन्त

मकवानपुर, पुस १३ : बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णराज पन्त नियुक्त भएका छन्। बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो।

चितवन घर भएका पन्तलाई आज प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा एक कार्यक्रमबीच पद तथा गोपनीयताको सपथ ग्रहण गराए। नवनियुक्त उपाध्यक्ष पन्त नेकपा एकीकृत समाजवादी पार्टी निकट छन्।

आयोगको सदस्यमा क्रमशः मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त हुनुभएका छन् । उनीहरू दुवैलाई मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त गरेको हो। नेपाल कांग्रेस निकट छन् भने लामिछाने नेकपा (माओवादी केन्द्र) निकट छन्। लामिछाने संविधानसभा सदस्यसमेत हुन् ।   

आयोगको अध्यक्षमा भने मुख्यमन्त्री स्वयं रहने व्यवस्था रहेको छ । आयोगमा अध्यक्ष र उपाध्यक्षसहित चार जना सदस्य गरी पाँच सदस्यीय रहने व्यवस्था रहेको छ। सरकारले हाल उपाध्यक्षसहित दुई सदस्य मात्रै नियुक्त गरेको छ । अन्य सदस्य समावेशीता क्षेत्रबाट महिला अनिवार्य रहने गरी नियुक्त गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १७:५७ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्