Kathmandu Press

थप २२० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु 

काठमाडौं, पुस १४ : पछिल्लो २४ घण्टामा देशभर थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
थप २२० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु 

काठमाडौं, पुस १४ : पछिल्लो २४ घण्टामा देशभर थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ४३५ र एन्टिजेन विधिबाट १ हजार १७५ जनामा परिक्षण गरिएको थियो ।

सोही अवधिमा २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने दुई जना संक्रमितको मृत्यु भएको छ।  

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१० रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्