Kathmandu Press

माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदनमाथि ११ समूहको सुझाव सकियो, बाँकीले भोलि प्रस्तुत गर्ने 

अधिकांश टोलीनेताले प्रचण्डको प्रतिवेदनको प्रशंसा गर्दै केही बुँदा र वाक्यहरुमा प्रश्न गरेका छन् । प्रचण्डको प्रतिवेदनमा भारतप्रति  पार्टीको धारणा स्पष्ट नभएको देखि अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ का बारेमा पार्टी नखुलेको धारणा राखेका छन्। 
माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदनमाथि ११ समूहको सुझाव सकियो, बाँकीले भोलि प्रस्तुत गर्ने 

काठमाडौं, पुस १४ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि ११ समूहले सुझाव दिएका छन् । महाधिवेशनको बन्दसत्रमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्नका लागि १७ सय प्रतिनिधिबाट २५ समूह गठन गरिएको थियो । 

गठित समूहको टोलीनेतालाई छलफलबाट निस्किएको निष्कर्ष सुझावसहित प्रचण्डसमक्ष प्रस्तुत गर्न भनिएको थियो। मंगलबारदेखि सुरु भएको समूहगत छलफल बुधबार बिहानसम्म सकिएको थियो। 

समूहगत छलफल सकिएपछि टोलीनेताले प्रचण्डसमक्ष सुझाव प्रस्तुत गरेका थिए। प्रत्येक टोलीनेतालाई सुझावका लागि १५ मिनेटको समय निर्धारण गरिएको थियो । आज साँझसम्म जारी सुझाव संकलनमा ११ समूहका टोलीनेताले प्रचण्डसमक्ष सुझाव पेस गरेका हुन्। 

अधिकांश टोलीनेताले प्रचण्डको प्रतिवेदनको प्रशंसा गर्दै केही बुँदा र वाक्यहरुमा प्रश्न गरेका छन् । प्रचण्डको प्रतिवेदनमा भारतप्रति  पार्टीको धारणा स्पष्ट नभएको देखि अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ का बारेमा पार्टी नखुलेको धारणा राखेका छन्। 

माओवादी केन्द्रले ‘नो एमसीसी’को नीति लिनुपर्ने केही नेताहरुले बताएका छन्। त्यस्तै पार्टीमा रुपान्तरणका लागि शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मको जीवनशैली बदल्नुपर्ने सुझाव दिइएको छ।  सबै नेताहरुको सम्पत्ती विवरण देखि छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्नेसम्मका सुझाव दिइएको छ। 

बाँकी १४ समूहले भोली साढे ११ बजेदेखि सुझाव प्रस्तुत गर्नेछन्। 

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्