Kathmandu Press

राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

राष्ट्रपति भण्डारीद्वारा महिला भलिबल टिमलाई बधाई

काठमाडौं, पुस १४ : राष्ट्रपति विद्यादेवी भण्डारीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान राखेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएकी छन्। 

सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो ।

आज सामाजिक सञ्जाल, ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने काम गरेको भन्दै राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई ज्ञापन गरेकी हुन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छन् , ‘‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई।”

साथै उनले सो टोलीलाई भविष्यमा निरन्तर सफलताको लागि हार्दिक शुभकामना पनि व्यक्त गरेकी छन्। 

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्