Kathmandu Press

प्रचण्डको प्रतिवेदनमाथि प्रतिप्रश्न : भारतलाई ‘विस्तारवाद’ भन्न किन नसकेको ? 

सोलुखुम्बुका प्रतिनिधि गम्बु शेर्पाले भारतप्रति पार्टीको आधिकारिक धारणा स्पष्ट हुनुपर्ने माग गरेका छन्। अमेरिकाको नीतिप्रति चीनले आधिकारिक धारणा सार्वजनिक नभएको अवस्थामा प्रतिवेदन चर्को आलोचना हुनुले प्रचण्डले चीनको समर्थन खोजेको भान हुने प्रतिनिधिहरुले बताएका छन् ।
प्रचण्डको प्रतिवेदनमाथि प्रतिप्रश्न : भारतलाई ‘विस्तारवाद’ भन्न किन नसकेको ? 

काठमाडौं, पुस १४ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा बुधबार प्रचण्डको प्रतिवेदनमाथि सुझाव संकलन भइरहेको छ। २५ समूहमध्य अधिकांंश समूहका टोलीनेताले प्रतिवेदनको प्रशंसा गरेका छन्। 

केहीले भने अमेरिका, भारत र चीनका बारेमा प्रस्ट हुन सुझाव दिएका छन्। प्रतिवेदनमा प्रचण्डले अमेरिकाको आलोचना गरेका थिए। उनले अमेरिका आफू मात्र नभई आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको प्रचण्डको भनाइ छ ।

यसमा भारतसँग अमेरिका मिलेको प्रचण्डले दाबी गरेका छन्। टोलीनेताहरुले अमेरिका जस्तै भारतका बारेमा प्रचण्डको प्रतिवेदनमा केही उल्लेख किन गरिएन ? भनि प्रश्न गरेका छन्। ‘अमेरिकालाई साम्राज्यवादी भनिएजस्तै भारतलाई विस्तारवादी किन भन्न सकिएन ?’ एक टोली नेताले प्रचण्डको प्रतिवेदनमाथि प्रश्न गरेका छन्।

सोलुखुम्बुका प्रतिनिधि गम्बु शेर्पाले भारतप्रति पार्टीको आधिकारिक धारणा स्पष्ट हुनुपर्ने माग गरेका छन्। अमेरिकाको नीतिप्रति चीनले आधिकारिक धारणा सार्वजनिक नभएको अवस्थामा प्रतिवेदन चर्को आलोचना हुनुले प्रचण्डले चीनको समर्थन खोजेको भान हुने प्रतिनिधिहरुले बताएका छन् ।यसबारेमा स्पष्ट हुन उनीहरुको सुझाव छ। 

प्रकाशित मिति: १४:५६ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्