माओवादी महाधिवेशन : प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्न प्रत्येक समूहलाई १५ मिनेट
प्रज्ञा भवन कमलादीमा २ बजेसम्म दुई समूहले आफ्नो राय र सुझाव प्रस्तुत गरिसकेका छन्। सुझाव प्रस्तुत गर्नका लागि प्रत्येक समूहलाई १५ मिनेटसम्मको समय मात्र तोकिएको छ।
काठमाडौं, पुस १४ : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि निष्कर्ष र सुझाव सुनाउने क्रम सुरु भएको छ।
प्रज्ञा भवन कमलादीमा २ बजेसम्म दुई समूहले आफ्नो राय र सुझाव प्रस्तुत गरिसकेका छन्। सुझाव प्रस्तुत गर्नका लागि प्रत्येक समूहलाई १५ मिनेटसम्मको समय मात्र तोकिएको छ।
प्रचण्डले आइतबार पेस गरेको ४५ बुँदे प्रतिवेदनमाथि सोमबार अपराह्नदेखि छलफल सुरु भएको थियो । विभिन्न समूह बनाई गरिएको छलफलपश्चात आएको राय र सुझावलाई आधार बनाई प्रतिवेदनलाई अन्तिम रुप दिइने तयारी छ।
२५ मध्य २२ समूहले मंगलबार नै छलफल सक्काएपनि बाँकी समूहले नसकेका कारण उनीहरुलाई आज बिहान ११ बजेसम्मको समय दिइएको थियो।
प्रचण्डको प्रतिवेदनमाथि नेता राम कार्कीले पनि पूरक प्रतिवेदन पेस गरेका छन्।
प्रकाशित मिति: १४:१६ बजे, बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार