Kathmandu Press

दक्षिण सुडानमा सुनखानी दुर्घटना हुँदा ३८ जनाको मृत्यु

दक्षिण सुडानमा सुनखानी दुर्घटना हुँदा ३८ जनाको मृत्यु
Hardik ivf

खार्तुम, पुस १४ : दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ ।सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका छन्। दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात विस्फोट भएको थियो ।

खानीमा अकस्मात बिस्फोट भएको र त्यसपछि भत्किएको थियो । त्यसमा परेर ३८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ। 

प्रकाशित मिति: १३:५२ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्