सबल र सक्षम कांग्रेसको आवश्यकता छः केन्द्रीय सदस्य अर्याल

विराटनगर, पुस १४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेस अहिलेको आवश्यकता भएको बताएका छन्।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सबै वर्ग र समुदायको सक्रिय समावेशिता बिना सङ्गठन चल्न नसक्ने भएकाले यसतर्फ सबै सम्वेदनशील हुनुपर्नेमा जोड दिए। उनले गुटगत राजनीतिले गर्दा पार्टीमा स्थापित नेताले पनि पराजय भोग्नुपरेको उल्लेख गर्दै आगामी निर्वाचनमा सफलता हासिल गर्न कटुता त्याग्नुपर्ने बताए।
केन्द्रीय सदस्य अर्यालले आर्थिक विकास र समृद्धिका लागि कांग्रेसले मुलुकमा प्रशस्त रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित भएर योजना बनाउने बताउँदै कांग्रेसको बहुमतको सरकार बनेमा मुलुकको आर्थिक विकास, सुशासन र रोजगार सिर्जना हुने दाबी गरे।
प्रकाशित मिति: १२:१८ बजे, बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











