हिमपातले त्रिभुवन राजपथ अवरुद्ध
मकवानपुर, पुस १४ : मकवानपुरको सीमभञ्ज्याङ र अघोरमा भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ। गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान...1640751995.jpg)
मकवानपुर, पुस १४ : मकवानपुरको सीमभञ्ज्याङ र अघोरमा भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ। गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।
उनकाअनुसार उक्त स्थानमा अहिले हिमपात भइरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो ।
मौसम सुधार भएमा आज दिउँसो या अपराह्नसम्ममा हिउँ पन्छाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको उलने बताए।
प्रकाशित मिति: ११:१३ बजे, बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











