Kathmandu Press

प्राविका १३ हजार शिक्षकका लागि विज्ञापन आह्वान

काठमाडौं, पुस १४ : सरकारले प्राथमिक तहका १३ हजारभन्दा बढी शिक्षकका लागि विज्ञापन आह्वान गरेको छ।शिक्षक सेवा आयोगले बुधबार सूचना प्रकाशित गरी १३...
प्राविका १३ हजार शिक्षकका लागि विज्ञापन आह्वान

काठमाडौं, पुस १४ : सरकारले प्राथमिक तहका १३ हजारभन्दा बढी शिक्षकका लागि विज्ञापन आह्वान गरेको छ।

शिक्षक सेवा आयोगले बुधबार सूचना प्रकाशित गरी १३ हजार ९३ शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। प्राथमिक तह तृतीय श्रेणी शिक्षकका लागि खुला प्रतियोगात्मक परीक्षा लिइने भएको छ।

आयोगले विभिन्न क्लस्टर छुट्याएर दरखास्त माग गरेको छ। यसमा खुलासँगै महिला, दलित, आदिवासी, मधेशी, मुस्लिम, पिछडिएको क्षेत्रका लागि छुट्टाछुट्टै दरखास्त दिनसकिनेछ।

यसअघि आयोगले माध्यमिक तहको एक हजार पाँच सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार पाँच सय ९८ पदका लागि विज्ञापन गरिसकेको छ।

आयोगको सूचना:

 

प्रकाशित मिति: ०७:२० बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्