Kathmandu Press

राजधानीसहित विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं, पुस १४ : राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा भइरहेको र केही स्थानमा...
राजधानीसहित विभिन्न स्थानमा बिहानैदेखि वर्षा

काठमाडौं, पुस १४ : राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा भइरहेको र केही स्थानमा हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको छ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भैरहेको छ। दिउँसो र राति पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। जसले गर्दा चिसो बढ्नसक्ने महाशाखाको आकलन छ।

बिहीबार पनि दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति पनि देशभर मौसम बदली रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी, शुक्रबार पनि देशभर आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षा र प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

प्रकाशित मिति: ०७:०८ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्