Kathmandu Press

स्याङ्जा पुतलीबजारका किसानहरुलाई कृषि उपकरण हस्तान्तरण

काठमाडौं, पुस १३ : स्याङ्जाको पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय कार्यक्रम युएनडीपीको साझेदारी तथा सूर्याेदय क्लब स्याङजाको व्यवस्थापनमा संचालित कोभिड १९ उद्धार...
स्याङ्जा पुतलीबजारका किसानहरुलाई कृषि उपकरण हस्तान्तरण

काठमाडौं, पुस १३ : स्याङ्जाको पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्र संघिय कार्यक्रम युएनडीपीको साझेदारी तथा सूर्याेदय क्लब स्याङजाको व्यवस्थापनमा संचालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल कार्यक्रम अन्तरग किसानहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

पुतलीबजार नगरपालिका भित्रका ५० किसानहरुलाई पालिकाको प्राङगणमा कृषि सामाग्री हस्तान्तरण गरिएको हो । कृषि सामाग्री हस्तान्तरण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमाकुमारी क्षेत्रीले किसानहरुलाई प्रविधि वितरण गरिएको बताउदै कार्यक्रममा जोडिएर व्यवसायीक किसान बन्न अनुरोध गरिन् ।

Hardik ivf

नगरप्रमुख क्षेत्रीले किसानहरुले पुतलीबजार नगरपालिकालाई सुखमा भन्दा दुःखमा सम्झन आग्रह गरिन् । उनले पालिकाका भित्रका किसानहरुलाई व्यवसायीक बन्न अनुरोध गर्दै बजारीकरणको समस्या पालिकाले समाधान गर्न कृषी उपज केन्द्र संचालन गर्न लागेको जनकारी दिईन् ।

कार्यक्रममा साझेदारी संस्था युएनडीपी गण्डकी लुम्बीनीका प्रमुख सुदिप अर्यालले पालिकाका किसानहरुलाई व्यवसायीक बनाउन कृषि उपकरणहरु वितरण गरिएको जानकारी दिए । 

प्रकाशित मिति: २०:२२ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्