Kathmandu Press

रौतहट दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो 

काठमाडौं, पुस १३ : रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।चन्द्रपुर–गौर सडक खण्डमा भारतीय बीआर ०५ पीए ६९५३...
रौतहट दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो 

काठमाडौं, पुस १३ : रौतहटमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।

चन्द्रपुर–गौर सडक खण्डमा भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको भारतीय स्कारपियो दुर्घटनामा परेको थियो । गरुडाको शिवदर्शन हस्पिटल, हेल्थ लाइन हस्पिटल र ग्राण्डी हस्पिटलमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

नौ जना सवार भारतीय नम्बर प्लेटको गाडी दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। दुई जना घाइतेको ग्राण्डीमा उपचार भइरहेको र एक जनालाई उपचारको लागि वीरगन्ज रिफर गरिएको छ।

उक्त गाडी जन्ती बोकेर रौतहटको गढीमाइ नगरपालिका–३ नरकटियनबाट गम्हरियातर्फ आउँदै थियो। मृतकको सनाखत हुन बाँकी छ । 

प्रकाशित मिति: २०:०० बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्