Kathmandu Press

पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

चितवन, पुस १३ : पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने भएको छ। उक्त प्रदर्शनी आगामी माघ ५ देखि ८ गतेसम्म भरतपुर महानगरपालिकाको...
पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

चितवन, पुस १३ : पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने भएको छ। उक्त प्रदर्शनी आगामी माघ ५ देखि ८ गतेसम्म भरतपुर महानगरपालिकाको चितवन एक्सपो सेन्टरमा हुने छ।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो। परियोजनाका वरिष्ठ इन्जिनियर जित चन्दले सो प्रदर्शनी बिहान १० देखि साँझ ५ बजेसम्म हुने जानकारी दिए।

Hardik ivf

कृषि पूर्वाधार तथा यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख महेन्द्रनाथ पौडेलले नीति निर्माता अनि पेशागत समूह तथा अनुसन्धानकर्ताका साथै कृषकलगायतका सरोकारवालालाई कृषियन्त्र तथा प्रविधिसम्बन्धि जानकारी गराउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने बताए। नेपाल कृषि व्यवसायी सङ्घका सचिव जेवी घिमिरेले प्रदर्शनीमा कृषि उपकरण र प्रविधिको बृहत प्रदर्शनी गरिने बताए।

कार्यक्रममा कृषि कर्जा मेला संयोजक सुष्मा शर्मा, मुक्तिनाथ कृषि कम्पनीका सचिव रामशरण तिमिल्सिना, शलोम एग्रिकल्चर प्रालिका सञ्चालक श्रीकृष्ण अधिकारी, सङ्घका संस्थापक अध्यक्ष महेन्द्रप्रसाद कँडेल, सङ्घका निवर्तमान अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठ, सङ्घका अध्यक्ष खोजराज कटुवाललगायतले सो  प्रदर्शनीबारे जानकारी गराएका थिए।

प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्