Kathmandu Press

मंगलबार रातीदेखि तीन दिनसम्म वर्षा–हिमपातको सम्भावना 

काठमाडौं, पुस १३ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले आज मंगलबार...
मंगलबार रातीदेखि तीन दिनसम्म वर्षा–हिमपातको सम्भावना 

काठमाडौं, पुस १३ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हाल देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज मंगलबार साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान महाशाखाले आज ६ बजे एक बुलेटिन जारी गर्दै देशका केही स्थानहरूमा हल्का देखि मध्यम  वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भू भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

बुलेटिनका अनुसार बुधबार र बिहिबार पनि देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना सहित उच्च पहाडी तथा हिमाली भू भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

यस्तै विभागले देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आग्रह समेत गरेको छ । 
 

प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्