Kathmandu Press

साहसिक खेलप्रेमीलाई खुसीको खबर, द क्लिफमा सुरु भयो स्काइ साइक्लिङ

काठमाडौं, पुस १३ : विभिन्न एड्भेन्चर खेलसहित विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा बिश्वकै अग्लो र लामो ब्यवसायिक...
साहसिक खेलप्रेमीलाई खुसीको खबर, द क्लिफमा सुरु भयो स्काइ साइक्लिङ

काठमाडौं, पुस १३ : विभिन्न एड्भेन्चर खेलसहित विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा बिश्वकै अग्लो र लामो ब्यवसायिक स्काइ साइक्लिङ पनि सुरु भएको छ ।

कालीगण्डकी माथीको भिरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवा तर्फ) स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुई तर्फी गरि छ सय मिटर रहेको जनाईएको छ । साइक्लिङ खेल्न प्रतीब्यक्ती ३ हजार ५ सय तोकिएतापनि सुभारम्भ छुट अन्तर्गत हाल २ हजार ५ सयमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए ।

Hardik ivf

यस्तै बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिसत छुट समेत दिईने छ । गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रुपमा स्काइ साइक्लिङ सुरु गरेको कार्कीले बताए ।

विश्वमा २ सय अठ्ठाइस मिटर उचाइमा र छ सय मिटरको कुनै पनी ब्यवसायिक स्काइ साइक्लिङ नरहेकोले यो नै बिश्वको लामो र अग्लो ब्यवसायिक जिपलाइन भएको कार्कीको दावी छ । 
 

प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्