Kathmandu Press

प्रदेश २ को राजधानी र नाम टुंग्याउन १६ सदस्यीय समिति गठन

काठमाडौं, पुस १३ : प्रदेश २ को स्थायी राजधानी र नाम टुंग्याउन १६ सदस्यीय समिति गठन गरिएको छ । प्रदेश सभाको मंगलबार बसेको...
प्रदेश २ को राजधानी र नाम टुंग्याउन १६ सदस्यीय समिति गठन

काठमाडौं, पुस १३ : प्रदेश २ को स्थायी राजधानी र नाम टुंग्याउन १६ सदस्यीय समिति गठन गरिएको छ । प्रदेश सभाको मंगलबार बसेको बैठकले प्रदेश सभाका सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति प्रस्ताव पारित गरेको हो।

बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा रहने सदस्यहरुको नाम, कार्यक्षेत्र, कार्यविधि र कार्यअवधि सहित ‘राजधानी तथा नामाकरण अध्ययन विशेष समिति, २०७८ गठनको प्रस्ताव पेश गरेका थिए। जसलाई प्रदेश सभा सदस्यहरुले पारित गरेको हो।

समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव छन्। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह छन्।

समितिले आफ्नो कार्याविधि आफैंले व्यवस्थित गर्न सक्नेछ। समितिले आवश्यक देखेमा विशेषज्ञ लगायत सम्बन्धित व्यक्तिहरुको सहयोग लिन, स्थलगत भ्रमण तथा अन्तरक्रिया र छलफल लगायतको कार्य गर्न सक्नेछ।

प्रदेश २ को नामका लागि मधेश, जानकी, मिथिला भोजपुरा र मध्यमधेश नाम प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्