Kathmandu Press

अफगानिस्तानमा महिला मन्त्रालयको भवन नजिकै प्रदर्शनकारीहरूमाथि गोली चल्यो

काबुल, पुस १३ : तालिबानले मङ्गलबार काबुलमा महिला मामिला मन्त्रालय रहेको भवन नजिकै 'रोजगारी, खाना र स्वतन्त्रता' को माग गर्दै आएका प्रदर्शनकारीहरूमाथि गोली...
अफगानिस्तानमा महिला मन्त्रालयको भवन नजिकै प्रदर्शनकारीहरूमाथि गोली चल्यो
Hardik ivf

काबुल, पुस १३ : तालिबानले मङ्गलबार काबुलमा महिला मामिला मन्त्रालय रहेको भवन नजिकै 'रोजगारी, खाना र स्वतन्त्रता' को माग गर्दै आएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको छ। रुसी सञ्चारमाध्यमले उद्धृत गर्दै जनाए अनुसार तालिबानले प्रदर्शनलाई रोक्न वा दबाउनका लागि प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो। आन्दोलनकारीका अनुसार मङ्गलबार महिलाहरू ‘रोजगारी, खाना र स्वतन्त्रता’ को माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। हालसम्म कुनै हताहती नभएको स्पुतनिकले जनाएको छ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सले महिला मामिला मन्त्रालयलाई विघटन गरेको थियो र यसको स्थानमा सदाचार प्रवर्द्धन र दुराचार रोकथाम मन्त्रालय राखेको खामा प्रेसले उल्लेख गरेको छ।

गत बिहीबार तालिबानले शान्ति मामिला मन्त्रालय, संसदीय मामिला मन्त्रालय, स्वतन्त्र निर्वाचन आयोग र स्वतन्त्र निर्वाचन उजुरी आयोगलगायत धेरै मन्त्रालय र निर्वाचन निकायहरू विघटन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १८:२५ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्