सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिम, पुस १३ : सुदूरपश्चिम प्रदेशमा पछिलो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा प्रदेशभर पीसीआर र...सुदूरपश्चिम, पुस १३ : सुदूरपश्चिम प्रदेशमा पछिलो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। सो अवधिमा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५५९ जनाको नमूना परीक्षण गरिएको थियो।
स्वास्थ्य निर्देशनालयका अनुसार पिसीआर विधिमार्फत चार तथा एन्टिजेन विधिमार्फत एक जनामा कोरोना पुष्टि भएको हो। पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण देखिएको हो। यस्तै एन्टिजेनमार्फत बैतडीका एक जनामा सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन। सोमबार यस प्रदेशमा १२ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए। सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ५१४ जनाको ज्यान गइसकेको छ।
प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१