रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काठमाडौं, पुस १३ : रौतहटमा जन्ती बोकेको जीप (स्कोर्पियो) दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५...
काठमाडौं, पुस १३ : रौतहटमा जन्ती बोकेको जीप (स्कोर्पियो) दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको उक्त कार गरूडामा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाले जनाएको छ । प्रहरीका अनुसार कारमा सावर ८ जनामध्ये तीनजना घाइते भएका छन् ।
उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मृतको पहिचान खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गरूडाको टोली घटनास्थलमा पुगेका छन्।
प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











