Kathmandu Press

प्रधानमन्त्री देउवाद्वारा समवेदना व्यक्त

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस खोटाङका नेता तथा पूर्वमहाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको निधन भएकामा गहिरो दुःख व्यक्त...
प्रधानमन्त्री देउवाद्वारा समवेदना व्यक्त

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस खोटाङका नेता तथा पूर्वमहाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
    
खोटाङको जन्तेढुङ्गा गाउँपालिका, चिसापानीका वडाध्यक्षसमेत रहेका श्रेष्ठको ६३ वर्षको उमेरमा गए राति निधन भएको हो । उहाँ साविक चिसापानी गाविसका पूर्वअध्यक्ष, कांग्रेसको पूर्वक्षेत्रीय सभापति तथा जिल्ला कार्य समितिको पूर्वसदस्यसमेत थिए।

सामाजिक, सामुदायिक, शैक्षिक, राजनैतिक एवं जिल्लाको विकास निर्माणमा स्वर्गीय श्रेष्ठले गर्नुभएको सेवा तथा पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान सदैव स्मरणीय रहिरहने कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्