Kathmandu Press

जनसङ्गठनलाई प्रभावकारी बनाउन उपमहासचिव गुरुङको आग्रह

रुपन्देही,  पुस १३ : नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्। लुम्बिनीमा आज सुरु भएको प्रेस...
जनसङ्गठनलाई प्रभावकारी बनाउन उपमहासचिव गुरुङको आग्रह

रुपन्देही,  पुस १३ : नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्। लुम्बिनीमा आज सुरु भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकको उद्घाटनसत्रमा उनले पार्टीलाई उचाइमा पु¥याउन र जनमत हासिल गर्न जनवर्गीय सङ्गठनको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

पार्टी बलियो बनाउन एमालेले जनवर्गीय सङ्गठनको अवधारणा ल्याएको उल्लेख गर्दै उपमहासचिव गुरुङले नेतृत्वले सङ्गठनको सही व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताए । पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका उनले साङ्गठनिक अराजकताले पार्टी कमजोर हुने भएकाले यसतर्फ सचेत रहन आग्रह गरे। 

पार्टीले लिएको राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिको लक्ष्य पूरा गर्न  यससँग जोडिएका जनवर्गीय सङ्गठन पनि सोहीअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो । ‘नीति सही हुँदाहुँदै पनि नेतृत्व सही भएन भने सङ्गठन सफल हँुदैन । नीति कार्यान्वयन गर्न दृढ सङ्कल्प भएको सक्षम नेतृत्व चाहिन्छ,’ नेता गुरुङले भने।

एमाले स्थायी समिति सदस्य भानुभक्त ढकालले जनताको हृृदयमा पार्टीलाई स्थापित गर्ने काममा जनवर्गीय सङ्गठनको भूमिका हुनुपर्ने बताए। राम्रा कामको प्रचार गरेर तीनै तहको निर्वाचनमा पहिलो पार्टीका रुपमा स्थापित गर्न जनवर्गीय सङ्गठनको भूमिका प्रमुख रहने उनले उल्लेख गरे। एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले विगतका कमिजोरीबाट पाठ सिकेर सङ्गठनलाई एकताबद्ध बनाइ अघि बढ्न सुझाव दिए।

पार्टीका पोलिटब्युरो सदस्य एवम राष्ट्रिय सभामा पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराईले राम्रा कामको प्रचारप्रचारमा कन्जुस्याइँ नगर्न आग्रह गरे। पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजाल र चौतारीका अध्यक्ष गणेश बस्नेतले सङ्गठनलाई बलियो बनाउन सबैको एकता र प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए। बैठकमा चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन, प्रदेश र जिल्ला अधिवेशनको मिति तय, साङ्गठिनक र आर्थिक प्रतिवेदनलगायत विषयमा छलफल गर्ने कार्यसूची छ। 

प्रकाशित मिति: १७:४४ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्