Kathmandu Press

बङ्गलादेश प्रहरीद्वारा ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद

ढाका, पुस १३ : बङ्गलादेश प्रहरीले हबिगञ्ज जिल्लाको सातछारी राष्ट्रिय निकुञ्जबाट ठूलो मात्रामा सैन्य(ग्रेड विष्फोटक र गोला बारुद बरामद गरेको छ । ढाका ट्रिब्यूनको रिपोर्ट...
बङ्गलादेश प्रहरीद्वारा ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद

ढाका, पुस १३ : बङ्गलादेश प्रहरीले हबिगञ्ज जिल्लाको सातछारी राष्ट्रिय निकुञ्जबाट ठूलो मात्रामा सैन्य(ग्रेड विष्फोटक र गोला बारुद बरामद गरेको छ । 

ढाका ट्रिब्यूनको रिपोर्ट अनुसार प्रहरीको काउन्टर–टेररिज्म एन्ड ट्रान्सनेशनल क्राइम ९ऋत्त्ऋ० इकाईले  उक्त विष्फोटक पदार्थ बरामद गरेको हो। 

Hardik ivf

विशेष अभियानको क्रममा लगभग १५ रकेट–प्रोपेल्ड ग्रेनेड (आरपीजी), मेसिन गनका ५१० राउण्ड गोलाबारुद र २५ वटा बुस्टरहरू (आरपीजी लन्चरहरूमा प्रोपेलिंग चार्जको रूपमा प्रयोग हुने) फेला परेका थिए। त्रिपुरासँगको सिमानाबाट करिब ३–४ किलोमिटर टाढा रहेको ठाउँमा गोलाबारुद फेला परेको हो ।

ढाकाको जात्राबारी इलाकाबाट प्रहरीले आइतबार राति एक युवकलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। उक्त व्यक्ति खागराछरीको पाँचछरी इलाकाका अबेल त्रिपुरा अमित रहेका छन् ।

उनको बयानका आधारमा हामीले सातछरीमा ड्राइभ सञ्चालन गर्ने निर्णय गरेको इकाईका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० मोहम्मद असदुज्जमानले बताएका छन्। 

प्रकाशित मिति: १७:२० बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्